उपभोक्ता अधिकारकर्मीको चासोः इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन

काठमाडौं ।  उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पेट्रोलमा इथानोल मिश्रण नीतिले उखु किसानलाई उचित मूल्य दिलाउन र रोजगारी सिर्जना गर्न सक्ने सकारात्मक पक्ष भए पनि उपभोक्ताको अधिकारलाई केन्द्रमा राख्नुपर्ने बताए । उनले भने, ‘इथानोल मिश्रणपछि इन्धनको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन । ९९.५ प्रतिशतभन्दा बढी शुद्धता कायम गर्ने र त्यसको अनुगमन गर्ने संयन्त्र के हो […]

वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान

भोजपुर ।  जिल्लाका अधिकांश परिवारको आर्थिक आम्दानीको मुख्य आधार वैदेशिक रोजगारी बन्दै आएको छ । वैदेशिक रोजगारबाट प्राप्त आयले यहाँका परिवारको दैनिकी सहज बने पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यले वैदेशिक रोजगारका लागि सुरक्षित […]

जेनजी आन्दोलनले क्षति पुगेको निजी क्षेत्रको आत्मविश्वास फर्काउनु पर्ने दायित्व सरकारलाई चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् । लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केबल सहजकर्ता वा नियामकमात्र रहने, […]

ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन

कोपनहेगन। डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा सहायता आवश्यक नभएको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अस्पताल जहाज स्वायत्त डेनिस क्षेत्रमा पठाइरहेको दाबी गरेपछि उनले यो कुरा सार्वजनिक रूपमा बताएका हुन् । लुन्ड पौल्सेनले भने, “ग्रिनल्यान्डको जनसङ्ख्याले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्छ । उनीहरूले यसलाई या त ग्रिनल्यान्डमा प्राप्त […]

ट्रेड एक्जिक्युसनदेखि मानव व्यवहारसम्म: पूँजी बजारका आयाममाथि विशेष अन्तरक्रिया स्मार्ट फ्राइडे इन्साइट सिरिज – Episode 09 आयोजना हुँदै

काठमाडौं ।  SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को नवौं शृंखला (Episode 09) आगामी शुक्रबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म आयोजना हुने भएको छ। पूँजी बजार र करियर विकास सम्बन्धी गहन छलफल केन्द्रित यस विशेष सत्रको शीर्षक “From Trade Execution to Human Behaviour: Understanding Capital Markets and Careers” […]

पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, इन्धन आयात प्रतिस्थापन हुने

काठमाडौं । पेट्रोलमा इथानोल मिश्रण प्रकियाबाट बहुपक्षीय क्षेत्र लाभांवित हुने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यसका लागि सरकार र निजी क्षेत्र तयार रहेको बताएका हुन् । लामो समयदेखि चर्चामा रहेको यो विषयले हालै मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत भएसँगै यसले […]

बालबालिकामा इन्टरनेटको प्रभाव : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

पाल्पा । पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् । पछिल्लो समय मोबाइल नहुने परिवार कमै छन् । वर्तमान समयमा न्यून आय भएका परिवारका साथै सबैजसो घरका सदस्यसँग […]

भारतीयका लागि बङ्गलादेशी पर्यटक भिसा पुनः सुरु

ढाका। बङ्गलादेशले भारतमा अवस्थित आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् । सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतस्थित आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो । तर फेब्रुअरी १२ […]

चुनावमा तीन दिन बिदा दिन सरकारलाई निर्वाचन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अवसरमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन आइतबार सरकारलाई पत्राचार गरेको हो। यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुँदैछ। आयोगको सिफारिसअनुसार निर्णय भए निर्वाचन अवधिमा […]

भक्तपुरमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम

भक्तपुर । कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा विशेष शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको छ । शनिबार आयोजित उद्घाटन समारोहमा कजारियाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई उच्चस्तरीय टाइल्ससम्बन्धी सबै समाधान उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ […]