बैशाख २९ गतेदेखि रिलायबल समृद्धि योजना २ निष्काशन गर्दै रिलायबल क्यापिटल

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको […]

स्नो रिभर्सले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं ।  स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ […]

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, मुख्य वित्तीय सूचकहरू कस्ता ? 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नफामा ३.७१ प्रतिशतले गिरावट आएको हो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत […]

बैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन गर्दै सानिमा क्यापिटल

काठमाडौं । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन गर्ने भएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो […]

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ  एकको खरिददर २०३ रुपैयाँ […]

अमेरिकासँग नेपाल आज फेरि पराजित

काठमाडौं । आईसीसी महिला च्याम्पियन्स ट्रफीमा नेपाल अमेरिकासँग फेरि पराजित भएको छ । रुवान्डामा जारी प्रतियोगितामा पहिलो खेलमै अमेरिकासँग ४४ रनले पराजित भएको नेपाल आज पुनः ७ विकेटले पराजित भएको हो। नेपालको ५ खेलमा तेस्रो हार हो भने अमेरिकाले ५ खेलमा चौथों जित हासिल गर्दै ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।नेपालले ८७ रनको सामान्य […]

महिला चेम्बर र हस्तकला महासङ्घबिच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समौता गरिएको छ । सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तरराष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, […]

एन्फाका २४ पदाधिकारीलाई विदेश जान रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको हो । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । राखेपले […]

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

तनहुँ । व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ। नगरपालिका वडा नम्बर ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उक्त ठाउँलाई पर्यटकीय ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरण आयोजना […]