नेपाल विकासशील राष्ट्र हुनका लागि गृहकार्य सुरु

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. […]

महिला लघुवित्तले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा बिहीबार अर्थात् चैत ७ गते बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिसमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र […]

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म रिन्यू गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र […]

सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा १ हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ । यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले फागुन महिनामै १९८ वटा बीमा दावी भुक्तानी गरेको छ । […]

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।, जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन […]

नेपाल र कम्बोडियाबिच सिधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाडौं । सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरुसँग मङ्गलबार न्होमपेनमा भएको भेटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उनले त्यहाँका संस्कृति तथा […]

चैत २४ गते सार्वजनिक विदा दिने निर्णय

काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल […]

औद्योगिक प्रर्दशनी सहितको महासंघको अधिवेशनको तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको तयारी पुरा गरेको छ । औद्योगिक प्रवद्र्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । […]

बेनी–जोमसोम–कोरला खण्डको भौतिक प्रगति ८५ प्रतिशत

मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ […]

सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब माथि

काठमाडौं । पछिल्लो महिनाहरुमा सार्वजनिक ऋण बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण दायित्व २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको जनाएको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । जसमा आन्तरिक ऋण दायित्व १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १३ खर्ब ६० अर्ब ४६ […]