मालपोतका खरिदार लाख घुससहित पक्राउ
काठमाडौं । काभ्रेको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले खरिदार भण्डारीलाई दुई लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा […]

