बैंकिङ प्रणालीमाअधिक तरलता ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले सातामा २ पटक आइतबार र बुधबार निक्षेप संकलन मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ। राष्ट्र […]

वीरगञ्ज भन्सारद्धारा २ महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन

काठमाडौं। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड संकलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको […]

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको २ महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम […]

मुक्तिनाथ कृषि कम्पनीको बोनस सेयर घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बोनस सेयर घोषणा गरेको छ । यस कम्पनीले लाभांश प्रस्तावसहित कात्तिक २१ गते साधारण सभा पनि बोलाएको छ ।  सभा सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजेबाट सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम […]

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ २ लाख ३५ हजार र चाँदीको भाउ […]

हराएको ३०३ राइफल दमकमा फेला

भद्रपुर । दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा […]

ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले  नगद लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीहरुलाई ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।  

हुम्लाको चंखेली गाउँपालिकामा तीन हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा 

काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गरे। उनले भने, “विद्यार्थीहरूले पढेनन् भने समाज बिग्रिन्छ, […]

टी–२० विश्वकप छनोटको सुपर सिक्समा यूएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र […]

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन

म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । “पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार […]