कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवद्र्धनका लागि सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग […]

आगजनीमा परेको बिपी स्मृति भवनमा कांग्रेसको बैठक

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो । आन्दोलबाट ठूलो क्षति […]

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्धारा अर्थमन्त्री खनाल समक्ष आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न अर्थमन्त्री रामेश्वर खनालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर पदाधिकारी र कार्यसमिति टोलीले सिंहदरवारमा अर्थमन्त्री खनालसंग भेटवार्ता गर्दै वर्तमान परिस्थितीमा औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो । […]

निर्यातमा सरकारले दिंदै गरेको अनुदान रोकियो

काठमाडौं । सरकारले सुरु गरेको नगद अनुदान दिने सम्बन्धी काम उद्योग विभागले रोकेको छ । नेपालबाट वस्तु तथा सेवाको निर्यातलाई प्रवर्द्धन गर्न यस्तो नगद अनुदानको व्यवस्था गरिएको थियो । विभागले बिहीबार एक सूचना जारी गर्दै नगद अनुदान रोकेको हो ।

यूकेमा क्रिप्टोकरेन्सी सम्बन्धी नियम परिवर्तन, लगानीकर्तालाई चेतावनी

काठमाडौं । यूकेको लगानी बजारमा हालै क्रिप्टोकरेन्सी सम्बन्धी ऐतिहासिक परिवर्तन भएको छ । अक्टोबर ८ देखि पुरानो रोक हटाइएपछि खुद्रा लगानीकर्ताहरू अब क्रिप्टो एक्सचेञ्ज-ट्रेडेड नोट्स (ETNs) मा लगानी गर्न सक्ने भएका छन्। ETNs भनेको विशेष सम्पत्तिसँग जोडिएको ऋण उपकरण हो, जसले लगानीकर्तालाई डिजिटल टोकनहरूमार्फत बजारमा एक्सपोजर दिन्छ। सरकारले यस कदमलाई यूकेको क्रिप्टो उद्योगको वृद्धिलाई प्रोत्साहित गर्ने […]

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै  यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो ।

सीटीईभीटीका उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा ४ मंसिरमा हुने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटिईभीटी)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा मंसिर ४ गते पुनः परीक्षा गर्ने निर्णय गरेको छ। परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरी डिप्लोमा, प्रमाणपत्र र प्रिडिप्लोमा तहका परीक्षा मंसिर ४ गते जनाएको हो। जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको परिषद्ले जनाएको छ।  उनले कोसी प्रदेशको […]

बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान […]

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

काठमाडौं । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन् । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा […]

पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कङ्ग्रेसद्वारा पदबाट हटाउने निर्णय

लिमा। दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ । सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई अनुमोदन गरेका थिए । एक सय ३० सदस्यीय एकसदनीय कङ्ग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम […]