साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण शेयर कारोबार हुँदैन । अब […]

१० निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सार्वजनिक जारी गरेको सूचना अनुसार दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा गुल्मी र ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । उनीहरुलाई […]

सङ्कट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र सङ्कट नजिक पुगेकोेले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘क्षरिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाहरुले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दूरसञ्चार विज्ञ मनोहरकुमार भट्टराईले डिजिटल […]

भूमिहिन दलित र सुकुम्बासीलाई सरकारले लालपुर्जा वितरण गर्छः मन्त्री अधिकारी

काठमाडौं ।  भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पुरा गरेर लालपुर्जा वितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराए । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरुपमा आयोजना गरेको […]

‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक छिट्टै पारित हुन्छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औं वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उनले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख […]

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) ललितपुरको स्क्वायर होटलमा उक्त कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्ने छन् । नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती […]

सुन चाँदीको मूल्य बढ्यो, चाँदी तोलाको दुई हजार

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला ०० रुपैयाँले बढेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ६९ हजार ९०० रुपैयाँ थियो । चाँदी तोलामा ३० रुपैयाँ बढेको […]

एनएमबि बैंकको संस्थापक शेयर बिक्रिमा बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।  एनएमबि बैंकको संस्थापक समुहको ८६७११ कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर हाल कायम संस्थापक शेयरधनीलाई खरिद गर्न पहिलो प्राथमिकता दिनु पर्ने कानूनी प्रावधानले गर्दा  संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ (पैतीस) दिन भित्र  सम्पुर्ण कानूनी प्रक्रिया पुरा गरी कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनु पर्ने […]