एसवाई प्यानलको आईपीओ बाँडफाँड

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले त्यसको १० प्रतिशतले हुन आउने ४ लाख ९७ हजार ९२ कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो । कम्पनीले असोज ७ गते मंगलबारदेखि असोज १० गते शुक्रबारसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । उक्त अवधिभर ५६ हजार जनाले रीतपूवर्क आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरेको थियो। बाँडफाँडमा ४९ हजार ७०९ जना आवेदकहरूले १०÷१० कित्ता र त्यहीमध्येबाट २ जनाले थप १÷१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार