नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । एक दशक बढि समय देखि महासंघमा योगदान दिएका आचार्य […]

‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक आजको प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । विधेयकमा विरोधको सूचना दिएका प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीका विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि मन्त्री पौडेलले विधेयक सदनमा प्रस्तुत गरेका […]

मालपोत कार्यालयका कर्मचारीसहित दुईजना अख्तियारको नियन्त्रणमा

काठमाडौं । मालपोत कार्यालयका कर्मचारीसहित दुईजना घुस रकमसहित पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँसहित कार्यालयबाटै दुवै जनालाई […]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेस गरेको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक सभामा पेश गरेका हुन्। यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले विरोधको सूचना दिएका थिए। ती सूचना निर्णयार्थ पेस गर्दा बहुमतले अस्वीकृत भए। “आर्थिक कार्यविधि […]

आठौं दिनमा बढ्यो शेयर बजार, बढेन कारोबार रकम

काठमाडौं ।  निरन्तर घटेको शेयर बजार बुधबार भने दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५५ अंकले बढेर ४५९.०३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने […]

नेपाली नोट छाप्न ६ देशका कम्पनी सूचीकृत

काठमाडौं । नेपाली नोट छाप्न ६ देशका कम्पनी सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले नोट छपाइको खरिद सेवाको लागि पूर्वयोग्यताको आवेदन माग गरेकोमा ६ कम्पनी मात्रै योग्य देखिएका छन् । नेपाली नोट छपाइको लागि चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डसहित ६ देशका कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जनाएको छ । नेपाली नोट छपाईको केन्द्रीय […]

कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाइने

काठमाडौं। सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण शेयर कारोबार हुँदैन । अब […]

१० निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सार्वजनिक जारी गरेको सूचना अनुसार दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा गुल्मी र ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । उनीहरुलाई […]

सङ्कट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र सङ्कट नजिक पुगेकोेले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘क्षरिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाहरुले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दूरसञ्चार विज्ञ मनोहरकुमार भट्टराईले डिजिटल […]