काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा

काठमाडौं । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गरे । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा […]

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट […]

सामाजिक सुरक्षा कोषको लगानी १ खर्ब २६ अर्ब

काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिएका हुन् । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न […]

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५ प्राप्त गरेको छ । नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्‍याउको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । सोही […]

सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव समारोह बोल्दै अध्यक्ष ढकालले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानु पर्ने बताए । “नेपालमा संस्थागत रुपमा रहेका यस्ता रकम बैंकको […]

नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार

काठमाडौं । टिकटकले प्लेटफर्ममा देखिने AI–निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ। जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग हुँदा AI ले सिर्जनात्मकता बढाउन, खोज–अनुसन्धान सहज बनाउन र सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ भन्ने टिकटकको विश्वास छ। यहि विश्वासलाई आधार बनाएर ल्याइएका यी अपडेटहरूले समुदायलाई […]

सरकार र नेकपा एमालेबीच छलफल जारी

काठमाडौं । सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको छ। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल रहेका छन् । नेकपा एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी रहेका छन् ।

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड्स बिजनेस’ अवर्डा 

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित Leadership Conclave Nepal 2025  सम्मेलनमा “Excellence in Commercial Cards Business अवार्ड प्राप्त गरेको छ ।  सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो । एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र […]

दिपलले किन्यो हुन्डाईको चिनिया प्लान्ट

काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ ।बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ । चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो । यो […]

५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर भाउ ३१८.५५ रुपैयाँ कायम […]