यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३७ रुपैया २८ पैसा बिक्रि दर १ सय ३७ रुपैया ८८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया […]

बीमा प्राधिकरण अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न एक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । याेसंगै ओझा निलम्बनमा परेका छन् । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त […]

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आज उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई बुझाएको हो । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल […]

पब्जी प्रतिबन्ध सम्बन्धी रिट सर्वोच्चद्वारा खारेजः अनलाइन गेमका सकारात्मक र नकारात्मक प्रभावहरू विश्लेषण गर्न सरकारलाई निर्देशन

काठमाडौं । इन्टरनेटमार्फत खेलिने लोकप्रिय अनलाइन खेल पब्जी माथि लगाइएको प्रतिबन्धविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्ने फैसला गरेको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पब्जी खेलले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै, बालबालिकाको सर्वोत्तम हितका लागि प्रतिबन्ध संविधान र कानूनसम्मत रहेको ठहर गर्दै रिट खारेज गरेको […]

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं साधारण सभा सम्पन्न, अनलाइन पोलिसी जारी गरिने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरियो । साथै […]

गायक एकोनको वाकान्डा स्ट्याइलको ६ अर्ब डलरको परियोजना रद्द

काठमाडौं । गायक एकोनले सेनेगलमा बनाउने भनेर सपना देखेको भविष्यवादी सहरको योजना रद्द गरिएको छ । यसको सट्टा एकोनले यथार्थपरक परियोजनामा काम गर्ने योजना बनाएको बीबीसील उल्लेख गरेको छ । ‘अब एकोन सिटी परियोजना अस्तित्वमै छैन,’ सेनेगलको पर्यटन विकास निकाय सापको ( सापको) का प्रमुख सेरिन ममाडु मबुपले बताए। सापको र उद्यमी अलिउन बादारा थियम (एकोन) […]

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका परफ्यूम

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । इना सेन्टर नेपाल प्रालि.ल काठमाडौँमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खड्लज ब्रान्डका परफ्यूमहरु सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले आइतबार राजधानीमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा खड्लजका सिग्नेचर […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन-फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात […]

सेटिङमा बनाइयो बजेट :अध्यक्ष दाहाल

काठमाडौं । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेटप्रति पुनः गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभामा उनले आफू नेतृत्वको सरकारले बजेट ल्याउन बनाएको विधि वर्तमान सरकारले भत्काएको बताएका हुन् । ‘कर्मकाण्डबाट मुक्त गर्न नयाँ क्यालेन्डरसहित लोकतान्त्रिक विधि लागू […]

प्रचण्डको प्रश्न : जहाँ सरकार, त्यहाँ भ्रष्टाचार, प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) संसदमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘म उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) ले भ्रष्टाचारबारे भनेको एउटा कुरा स्मरण गर्न चाहन्छु– उहाँले चित्रगुप्तालाई बयान दिन तयार छु, चित्रगुप्तालाई बयान दिने । […]