शेयर बजारको सम्पूर्ण सूचक ओरालो लाग्यो, १० अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारको सम्पूर्ण सूचक ओरालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ७.३१ अंकले घटेर ४६३.२९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने […]

एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको १०७ औं बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट आफना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो सँगै गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्नका लागि स्विकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत सार्वजनिक गरेको छ […]

चिरख्वा हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । चिरख्वा हाइड्रोपवार कम्पनीले छैँटौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत २० गते बुधबार बिहान ९ बजे काठमाडौं जोरपाटीस्थित कुण्डलिनी रोयल्समा वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाप्रयोजर्नाथ चैत १२ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरिनेछ । यो सँगै चैत ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई […]

बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्स्योरेन्सले नगद लाभांशको घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको करिब १६ प्रतिशतका दरले लाभांश घोषणा गरेको हो । कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र ०.७९ […]

म्याग्दीको बाङखोलामा पुल निर्माण, पर्यटकलाई सहज

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा […]

साहित्यकार लक्ष्मीलोचना वैद्यको ऋतु विमोचन

काठमाडौं । साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुईटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन कार्यक्रम सम्पन्न गरिएको हो । सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा […]

इसेवा र हिमालयन बैंकबीच सहकार्य

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक […]

ब्यालेन्स र डाटा बिना नै चल्ने भयो ‘खल्ती एप’

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले एन्सेल ‍सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा […]

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । […]