कालीकोटमा पहिलोपटक ‘सिजेरियन’ सेवा सफल
मान्म । जिल्ला अस्पतालमा पहिलोपटक ‘सिजेरियन सेक्सन’ (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको चैत ५ गते शल्यक्रियामार्फत सुरक्षित प्रसूति गराइएको हो । प्रसूतिपश्चात् आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा सीमित स्रोतसाधनका बीच यस्तो जटिल शल्यक्रिया सम्पन्न गर्नु […]

