प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ। कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन्। मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो। सोही अनुसार नै मत खसेको उनले बताए। उनले मतपेटिका ‘सिल’ गरिसकिएको समेत जानकारी दिए।

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

चितवन। राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका  छन् । मतदान पश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

गृहमन्त्री अर्यालद्वारा मतदान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन् । ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उनी सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन । यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार […]

दोलखामा हवाई फायर

काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।  

केन्द्रीय कारागारमा मतदान जारी

काठमाडौं ।  जगन्नाथदेवलस्थित केन्द्रीय कारागार, महिला सुधार बन्दीगृह र भद्र बन्दी सुधारगृहमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान जारी छ । केन्द्रीय कारागारका १५४, महिला सुधार बन्दीगृहका पाँच र भद्र बन्दीगृहका ४८ कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था मिलाइएको कारागार प्रशासक कृष्णप्रसाद चापागाईंले जानकारी दिए । कारागार परिसरमा रहेको अस्थायी मतदान केन्द्रमा पाँच महिलासहित २०७ कैदीबन्दी र २४ कर्मचारीको […]

रेनु दाहालले गरिन् मतदान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।

धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।

निर्वाचन सुरक्षाको लागि हेलिकप्टरबाट गस्ती गर्दै आर्मी

काठमाडौं । नेपाली सेनाले आज भइरहेको प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाको ल ागि हेलिकप्टरमार्फत् गस्ती गर्ने भएको छ । सरकारले निर्वाचन शान्तिपूर्णतवरबाट गराउनका लागि सेनालाई हेलिकप्टरमार्फत् गस्ती गर्ने जिम्मेवारी दिएको हो । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको थियो भने त्यसलाई बिहीबार कार्यान्वयनमा ल्याएको हो । सेनाको हेलिकप्टरबाहेक अन्य […]

जनार्दन शर्माले गरे रुकुमपश्चिमबाट मतदान

रुकुमपश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका-५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको बताए ।