एमाले अध्यक्ष ओलीद्वारा मतदान
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताउँदै […]

