काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज सोमबार बिहान १०:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकमा मन्त्रालय गाभ्ने र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ । सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ।
आज मन्त्रिपरिषद् बैठक बस्दै


