एमजी एस५ ईभी सार्वजनिक सुरुवाती मूल्य ४४ लाख रुपैयाँ

काठमाडौं । एमजी एस५ ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिहीबार काठमाडौंमा एमजी एस५ ईभी लन्च गरेको हो । यो एमजी एस५ क्रसओभरको विद्युतीय भर्सन हो । नेपाली बजारमा एमजी एस५ ईभी ती भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ, ४९ लाख ९९ हजार रुपैयाँ […]

ह्वावेद्वारा एमडब्लुसी बार्सिलोना २०२५ मा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । जसले विश्वव्यापी ग्राहक र साझेदारहरूलाई नवीन औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण अभ्यासहरू एकसाथ अनावरण गरेको छ । सो अवसरमा ह्वावेले ग्राहकहरूसँग मिलेर, ७१ प्रमुख परिदृश्यहरूको लागि औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरणको लागि ८३ ग्लोबल […]

पाँच सयले घट्यो सुन

काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले घटेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदीको […]

माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आईपी‌ओ जारी गरेको थियो । उक्त आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे […]

किलोमा डेढ सयले सस्तियो कुरिलो, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी, फलफूल तथा माछाको मूल्य निर्धारण गरेको छ । यसदिन कुरिलो किलोमा डेढ सय रुपैयाँ सस्तिएको छ । बिहीबार प्रतिकिलो १००० रुपैयाँ मूल्य रहेको कुरिलोको मूल्य आज किलोमा ८५० रुपैयाँ कायम गरिएको छ । यस्तै परबरको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतिकिलो १४५ रुपैयाँमा […]

इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य बोर्डमा सूचीकृत हुन निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य बोर्डमा सूचीकृत हुन निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै बोर्डले नेपाल राजपत्रमा मिति २०८१/०९/१८ ( संख्या ४५) भाग ५ मा प्रकाशित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम नेपाल सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ न. को […]

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको ऋणपत्र बिक्रीमा ल्याएको हो । उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ भने ब्याजदर वार्षिक ७.५० प्रतिशत तोकिएको छ […]

तीन दिनपछि बढ्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति?

काठमाडौं । तीन दिन निरन्तर घटेको अमेरिकी डलरको मूल्य शुक्रबार बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ३९ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा रहेको छ ।  पछिल्ला तीन दिनमा अमेरिकी डलर १ को खरिददर १ सय […]

तीन प्रदेशका उच्च हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मैसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मूख्यतया सफा रहेको छ ।  तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । राति देशको पहाडी भू-भागमा आंशिक […]

एमडीएमएस खरिद प्रकरण : झा र खनाललाई १३ महिना कैद, जनही ५ करोड बढी बिगो जरिवाना

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय दिगम्बर झा र पुरुषाेत्तम खनाललाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर,  रित्तेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस खरिद गर्दा २३ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै उनीहरुलाई दोषी ठहर गरेको हो । पूर्वअध्यक्षहरुसहित न्यूमेरा मलेसिया, […]