नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सरकारको खातामा ३ खर्ब ६१ अर्ब नगद मौज्दात

काठमाडौं । सरकारको खातामा करिब ३ खर्ब ६१ अर्ब नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको बैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हो। २०८१ असार मसान्तमा ती खातामा […]

बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झर्यो

काठमाडौं । वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झरेको छ। वि.स २०८१ असार मसान्तदेखि नै बैंक तथा वित्तीय संस्थाको संख्या सोही रहेको थियो । राष्ट्र बैंकका अनुसार तीमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्। […]

गोर्खाज फाइनान्सको सञ्चालकमा राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले राईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।

अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ३५ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै छ । कम्पनीका अनुसार संस्थापक शेयरधनी, संस्थाका कर्मचारी र स्थानीय बासिन्दासँग रहेको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि असार ३१ गते सकिदै छ । संस्थापक शेयर ३० लाख, संस्थाका कर्मचारीको शेयर ३० हजार र स्थानीय बासिन्दको ५ लाख […]

 मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने, मध्यम वर्षा हुने

काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । […]

बैंकर डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना सकार हुन्छन्’ बजारमा आउँदै

काठमाडौं । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चांडै बजारमा आउने भएको छ । लेखले पहिलो पुस्तक सफलता सम्भव छ पछि दोश्रो पुस्तक ल्याउने तयारी गरेका हुन् । लेखकले यस पुस्तकमा नेतृत्वका बिभिन्न बिषयहरुमा लेखिएका लेखहरु समावेश गरि पाठकहरुले उत्प्रेरणा जगाउने प्रयास गरेका छन् । शिखा बुक्स प्रालिको […]

काठमाडौं महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न आग्रह गरेका छन् । उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गर्दै उनले यसको अवलोकनको लागि आग्रह गरेका हुन् । काठमाडौं […]

शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा

काठमाडौं । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढेसँगै शोधनान्तर स्थिति बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको बैशाखसम्म मुलुकको शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी […]

व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर । षडानन्द नगरपालिका- १० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् ।चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द- १० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य […]