उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ । लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका छन् भने ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ […]

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री […]

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ । नेकपाका नेता […]

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नगराउन उच्चको आदेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी वार्षिक साधारण सभा नगराउन निर्देशन दिइएको छ । उच्च अदालत पाटनले बिहीबार महासंघको यही चैत २९ र ३० मा हुन लागेको ६० औं वार्षिक साधारण सभा तत्काल नगराउनका लागि निर्देशन दिएको हो । अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, काठमाडौंले दायर गरेको रिटमा आदेश जारी गर्दै उक्त […]

दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रताप बहादुर थापाले एक विज्ञप्ति जारी गर्दै सो विषयमा ध्यानाकर्षण जनाएको हो । मन्त्रिपरिषद्ले चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउने र […]

पाल्पा सिमेन्टको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्टको सेयर सूचीकृत भएको छ । कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकुत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ७५ लाख कित्ता र संस्थापक समूहको ३ करोड कित्ता सेयर सुचिकृत भएको छ । पहिलो कारोबारको लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको […]

श्रीमतीको कारण दीपक कुमार साहले गुमाए श्रममन्त्रीको पद

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय […]

४८.७१ अंकले बढ्यो नेप्से,नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेको छ । बजार २८५१.२४ विन्दुमा पुगेर बन्द भएको छ । ३३८ वटा कम्पनीको १ लख ८ हजार ८६९ पटक्को कारोबारमा २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर कारोबार भएको छ । कारोबार रक भने ९ अर्ब ९१ करोड २१ लाख रुपैयाँ पुगेको छ । बुधबारको […]

इडेन गार्डेन्समा केकेआर र लखनउ भिड्दै: पहिलो जितको खोजीमा कोलकाता

काठमाडौं । आजको आईपीएल अन्तर्गत १५औँ खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा नेपाली समय अनुसार राती १९:४५ बजे सुरु हुने यस खेलमा दुवै टोलीका लागि जित निकै महत्वपूर्ण छ। सिजनको सुरुवाती खेलहरूमा अपेक्षित नतिजा निकाल्न नसकेको कोलकाता आज आफ्नै मैदानमा पहिलो जितको खोजीमा हुनेछ भने […]

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जुम्ला।  जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् […]