तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४० लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो । यस कम्पनीले जेठ ४ गतेसम्म कायम सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । […]

मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीयस्थल

म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए […]

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ८ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८ अबए २९ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका हुन् । यो अवधिका कम्पनीहरुले ४ […]

आज बडा दसैँको पाचौं दिन, स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं । बडा दसैँको पाचौं दिन आज स्कन्दमाताको पूजा गरिदैंछ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ। चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको […]

आजको मौसम : देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ […]

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन्। काठमाडौंमा बिहीबार सम्पन्न १० औं साधारणसभाबाट संचालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो। संस्थापक शेयर सदस्यहरुबाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन भएका छन्। जसमा सुरेसकुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की छन्। साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक […]

फोटोन नेपालद्वारा ईभी भ्यान र टीएम१ मा आकर्षक अफर घोषणा

काठमाडौं । दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना लोकप्रिय मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन टीएम१मा विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको यो स्किमले दशैं–तिहारमा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई थप सजिलो, लाभदायक र रमाइलो बनाउने जनाएको छ। फोटोन ईभी भ्यान स्किमअन्तर्गत गाडी बुक गर्ने ग्राहकले यामाहा […]

अब क्यूएफएक्सको टिकट सिधै इसेवा एपबाटै

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ।। अब प्रयोगकर्ताहरूले QFX Cinemas का चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ। के हो यो नयाँ […]

ब्याट्री रिसाइक्लिङ प्लान्ट स्थापना गर्न नाडाको पहल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। छलफलको क्रममा अध्यक्ष […]