करिब साढे १ करोड रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । स्रोत नखुलेको करिब साढे १ करोड रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ […]

