गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ । मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औं नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो । गत जेठ १२ गते […]

राष्ट्र बैंकमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबारबाट लागू हुने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंक सुपरिवेक्षण विभाग प्रमुख बनाएका हुन्। मुद्रण विभागमा निर्देशक रहेका उनी बढुवा भएसँगै मंगलबारबाट सुपरिवेक्षण विभाग सम्हाल्नेछन्। यता सुपरिवेक्षण विभाग प्रमुख रहेका राष्ट्र बैंकका प्रवक्ता रामु […]

बजेटले बनाएन शेयर बजार सकारात्मक, उच्च अंकले नेप्सेसँगै घट्यो कारोबार

काठमाडौं । बजेट सार्वजनिक भए पछि खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट सार्वजनिक गरिए पश्चयात सोमबार करिब २ अंकले बढेको शेयर बजार मंगलबार उच्च अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा पुगेर बन्द भएको छ […]

ओटिसी बजारमा लगानीकर्ताको अरुचि बढ्दो, पौने २ अर्बको मात्र धितोपत्र कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बाट दोस्रो बजार कारोबार अन्तर्गत ओटिसी बजारमा करिब पौने २ अर्बबराबरको धितोपत्र कारोबार भएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ओटिसी बजारमा १ अर्ब ७९ करोड बराबर धितोपत्र कारोबार भएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आवमा ३२.९५ प्रतिशतले धितोपत्र कारोबार कम […]

कर्मचारी सञ्चय कोषमा सञ्चय रकम ५ खर्ब ३६ अर्ब भन्दा बढी

काठमाडौं । सरकार निकायका गैर बैंक वित्तीय संस्थाहरु मध्ये आर्थिक रुपमा बलियो मानिएको कर्मचारी सञ्चय कोषको लगानी निरन्तर बढेको छ । कर्मचारी सञ्चय कोषको कुल लगानी अर्थात् लगानी र कर्जा तथा सापटी रकम ५ खर्ब ६३ अर्ब ९४ करोड पुगेको छ । जसमा विभिन्न क्षेत्रमा गरिएको लगानी १ खर्ब ९८ अर्ब ५६ करोड र कर्जा […]

प्रतिनिधिसभा बैठक तीन घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । ११ बजे बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा […]

बीमा कम्पनीहरूले किन हकप्रद शेयरमा जोड दिदै छन् ?

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि धमाधम नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छन् । सोहि क्रममा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ६ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति प्राप्त गरिसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार बाँकी ४ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति पर्खिरहेका […]

इनड्राइभको पहलः सार्वजनिक सवारी बन्दको बीचमा भरपर्दो वैकल्पिक सेवा

काठमाडौं । देशभर जेठ १९ गतेदेखि शुरु भएको अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दका कारण आम यात्रुहरू मर्कामा परिरहेका बेला, निजी यातायात सेवा प्रदायक इनड्राइभ ले यात्रुहरूलाई भरपर्दो र सुलभ सेवा प्रदान गर्न सक्रिय भूमिका खेलेको छ । इनड्राइभले सार्वजनिक यातायात अवरुद्ध भएको संकटको अवस्थामा यात्रुहरूको आवतजावतलाई सहज बनाउन आफ्ना प्रयोगकर्ताहरूलाई ‘बिडिङ मोडल’ मार्फत वैकल्पिक समाधान प्रदान […]

कान्ति लोकपथ  चार दिन बन्द हुने

हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ   चार दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक   चार दिन बन्द गरिएको हो । मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि अर्थात् जेठ २१ गतेदेखि जेठ […]

हिमालयन लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारित लगायतका निर्णयका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता […]