सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं ।संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ ।  वन तथा वातावरण […]

सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब पुग्यो

काठमाडौं । पछिल्लो समय मुलुकको सार्वजनिक ऋण करिब सवा दुई खर्बले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष ११ (वैशाखसमसान्तसम्म) महिनामा मुलुकको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड पुगेको छ ।  पछिल्लो ११ महिनामा सार्वजनिक ऋण दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थप हुँदा उक्त मात्रामा सार्वजनिक ऋण […]

प्रभु बैङ्कको झण्डै ३ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्कको २७८१६६ कित्ता शेयर बिक्रिमा रहेको छ ।  यो शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयर धनीले आजको मितिले ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । तोकिएको समयभित्र बिध्यमान संस्थापक शेयरधनीले प्रस्तावित शेयर खरिद गर्न आबेदन पेश नगरेमा बिध्यमान संस्थापक शेयरधनी बाहेक आम सर्वसाधरण नागरिकलाई सो शेयर बिक्रि गर्ने प्रकृया अघि बढाउने […]

सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड असार १३ देखि बिक्रिमा

काठमाडौं ।  सिटिजन्स क्यापिटलले  प्रति इकाई १० रुपैयाको दरले ५ करोड कित्ता  ५ अर्वको सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड बिक्रिमा ल्याएको छ । ५ लाख कित्ता फण्ड मध्ये ७५ लाख कित्ता अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित गरिएको छ ।  बाँकी न्यूनतम चार […]

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू हल्का वर्षा/ हिमपात हुनसक्ने

काठमाडौं । जल तथा मेसम पुवानुमान बिभाग मौसम पुर्वानुमना महाशाखाका अनुसार देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ  । महाशाखाका अनुसार  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३८ रुपैया ७ पैसा बिक्रि दर १ सय ३८ रुपैया ६७ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५८  रुपैया […]

एडीबीको नेपाल नयाँ रणनीतिः हरित, समावेशी र निजी क्षेत्र लक्षित विकासमा जोड

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ देखि २०२९ सम्म लागू हुने नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजी (सीपीएस) सार्वजनिक गर्दै नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु प्रतिरोधी विकास मोडेललाई केन्द्रमा राखेको छ। नयाँ रणनीतिमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास तथा जलवायु परिवर्तनप्रति प्रतिरोधी सार्वजनिक सेवा र पूर्वाधार प्रवर्द्धनलाई […]

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं ।  देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका […]

एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरु

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आयोजना गर्दैछ । यो वर्कशपमा देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरुले विषेश प्रशिक्षण दिने एनसेलले जनाएको छ । कन्टेन्ट क्रियसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले सुरू गरेको यस अभियानको ग्राण्ड […]

सरोकारवालासँग बैंकिङ क्षेत्र सुधार कार्यदलको सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवालासँग सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ले बुधबार सूचना जारी गर्दै सुझाव आह्वान गरेको हो। सरोकारवालाहरुलाई असार ११ गतेसम्म [email protected] इमेलमा सुझाव उपलब्ध गराउन आह्वान गरिएको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक सूचनामा ६ विषयमा सुझाव माग गरिएको छः १. […]