मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि आग्रह गरेकी छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै म्याद थपका लागि आग्रह गरेकी हुन् । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिए । राष्ट्रिय परिचय पत्रको […]

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे ७ अर्ब रुपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ। स्वीकृत रकमले प्राथमिक आवश्यकता अनुसारका तयारी अघि बढाइने आयोगले जनाएको छ। सरकारले आवश्यक परे थप बजेट उपलब्ध गराउने व्यवस्था […]

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा  । नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५\७६ मा ४ थान ४१ सिटे र ३ थान ३६ सिटे बस रु ३ करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् । विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले […]

दक्षिण कोरियाको निर्यात मात्रा अक्टोबरमा घट्यो

सिओल । दक्षिण कोरियामा अक्टोबरमा निर्यातमा गिरावट आएको छ । केन्द्रीय बैङ्कका तथ्याङ्कअनुसार, स्थानीय रूपमा बनाइएका रासायनिक उत्पादन र उपकरणको कमजोर माग यस घटावटको मुख्य कारण हो । बैङ्क अफ कोरियाका अनुसार, निर्यात मात्रा सूचकाङ्क वार्षिक आधारमा १ प्रतिशतले घटेको छ, जुन जनवरीपछि नौ महिनामा पहिलो पटक देखिएको गिरावट हो । कम्प्युटर, इलेक्ट्रोनिक र अप्टिकल […]

प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण, २ जनाको अझै बाँकी

काठमाडौं । सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ८ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २ जनाको भने सम्पति विवरण आउन बाँकी छ । जसमध्ये प्रधानमन्त्री सुशीला कार्की, अर्थ मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, […]

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट ६१.३५ करोड आम्दानी

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ […]

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका उनले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा पत्र रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् । राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।  

बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्त्वपूर्ण चुनावमा प्रारम्भिक नतिजामा उल्लेखनीय अग्रता लिभएको छ । यो चुनावलाई प्रधानमन्त्रीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिक रूपमा अत्यन्त प्रभावशाली राज्यहरूमध्ये एकमा उनको गठबन्धनको प्रभावको सूचकका रूपमा हेरिएको थियो । भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजा अनुसार […]

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि […]