आजको मौसम : मनसुनी वायुको प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज […]

