हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सुरु

काठमाडौं। मध्यपूर्वका केही देशहरूमा उत्पन्न तनावका कारण रोकिएको दुबई उडान सेवा अब पुनः सुचारु भएको छ। हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ। एयरलाइन्सले यात्रुहरूलाई टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट बुकिङका लागि सम्बन्धित ट्राभल एजेन्सी वा बुकिङ कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गरेका छन् । शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई महासंघ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनुपर्ने […]

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व संकलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व संकलन […]

सस्तो दरमा भ्रमण गराउने ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्‍तरी कञ्चनरूप नगरपालिका-१२ घर भएका २६ वर्षीय बिबेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद […]

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशमा नयाँ नेतृत्व

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो खधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह कोषाध्यक्षमा संगीता अधिकारी आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै […]

दिउँसो १ बजेपछि खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ । दिउँसो १ बजेपछि सो राजमार्ग खुलेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सडक पूर्णरुपमा बन्द भएपछि सवारी आवागमन प्रभावित थियो । अहिले दिउँसो सडक खुलेको राजमार्ग सुरक्षा तथा ट्राफिक […]

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेशी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मधेशी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताएका हुन् । ‘जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि […]

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध […]

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । ईद–उल–फित्रको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्– ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।’ उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ […]

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबासबीचको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए । उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क […]