ट्रम्पको चेतावनीमा इरानको कडा जवाफ

काठमाडौं । खाडी क्षेत्रमा तनाव झन् चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले इरानलाई कडा चेतावनी दिँदै यदि स्ट्रेट अफ हार्मोज तुरुन्त पुनः सञ्चालनमा नआए इरानका ऊर्जा तथा विद्युत् संरचनाहरू “पूर्ण रूपमा ध्वस्त पारिने” बताएका छन् । यस चेतावनीपछि इरानले पनि कडा प्रतिउत्तर दिएको छ। इरानी सेनाको अपरेसनल कमाण्ड खाताम अल-अनबिया ले सार्वजनिक गरेको वक्तव्यअनुसार, […]

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि […]

सम्पदा लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो। संस्थाले वरिष्ठ प्रबन्धक/प्रबन्धक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। यो पद व्यवस्थापकीय श्रेणीअन्तर्गत केन्द्रीय कार्यालयका लागि खुलाइएको हो। […]

बर्दिबासमा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा चैत ६ गते शनिबार बर्दिबास शाखा कार्यालयद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा शाखा कार्यालयका सदस्यहरू, स्थानीय युवा–युवतीहरू तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व सगरमाथा नेरुडे मिर्मिरे महिला समूह केन्द्र नं. १६४ की सदस्य रमा […]

यस्तो छ आज फलफूल र तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी १७० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, इस्कुस ४५ रुपैयाँ, बकुला ७० रुपैयाँ र कन्य च्याउ २४० रुपैयाँ प्रतिकिलो अधिकतम […]

जुडोमा प्रिन्स र आदित्यलाई स्वर्ण

काठमाडौं । एमएमएसीका प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा शनिवार पुरुष २६ केजीमुनि प्रिन्सले बाल विकास जुडो डोजोका आनाश महतरा तथा ३५ केजीमुनि आदित्यले एमएमएसीका सुवास विकलाई फाइनलमा पराजित गरे । नेपाल खेलकुद महासंघ […]

डोटीमा सन नेपाल लाइफद्वारा वृक्षारोपण

काठमाडौं । अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा डोटी जिल्लाको आदर्श गाउँपालिका–७, दडीमाडा गाउँमा वृक्षरोपण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको ८ हजार बिरुवा रोपण अभियानको पहिलो चरणमा १ हजार कागतीका बिरुवा रोपिएको कम्पनीले जानकारी दिएको छ। […]

नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/ ८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् लक्ष्यको ५१.९७ […]

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको […]

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो 

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कपनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता […]