विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मंगलबार जारी गरेको प्रेस […]

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ । वि सं २०६४ देखि सुरु भएको आयोजनाको बागलुङ खण्डमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । […]

ब्याट्री मर्मत सेवा सुरु गर्ने तयारीमा बीवाईडी

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले देशमै ब्याट्री मर्मत केन्द्र ९रिपेरिङ सेन्टर० सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका बिक्री पछिका प्रमुख सुशील तण्डुल्कारले बीवाईडीले नेपालमै ब्याट्री मर्मत केन्द्र स्थापना गर्न आवश्यक तयारी गरिरहेको जानकारी दिए । नेपालमा हालसम्म यस्तो सुविधा उपलब्ध नहुँदा, साना समस्याका कारण समेत पूरा ब्याट्री प्रतिस्थापन गर्नुपर्ने बाध्यता रहन्थ्यो। तर, मर्मत […]

भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

वीरगञ्ज ।वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । […]

हिमालयन डिष्टिलरीले थाल्यो नगद लाभांश वितरण

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले यस वर्षको लाभांश वितरण गर्न सुरु गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०२.६३ प्रतिशत लाभांशमध्ये माघ ५ गते आइतबारदेखि ५२.६३ प्रतिशत नगद लाभांश वितरण थालेको हो । कम्पनीले सूचना जारी गर्दै साधारण सभाका लागि बुकक्लोज भन्दा अघिल्लो दिन ९मंसिर १३ गतेसम्म० कायम भएका शेयरधनीको हितग्राही खाता […]

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

बढ्यो सुनचाँदी मूल्य

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ। आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४३ हजार ९० सय रुपैयाँ तोकिएको  नेपाल सुनचाँदी […]

बिकासमा बिरोध र अवरोध नगर्न उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले  पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार  निर्माणमा भईरहेको बिरोध र अवरोध प्रति  गम्भीर ध्यानाकर्षण भएको जनाउदै  कुनै पनि बहानामा विकास निर्माणको काम रोकिनु नहुने बताएको छ  । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै स्थानीय स्तरमा कुनै समस्या देखिएको छ भने त्यसमा स्थानीय […]

१० अर्वको बिकास ऋण पत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०८७ को अबधि ६ बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ  । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ ।  यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय […]

आज ४ वटा संसदीय समितिको वैठक वस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज ४ संसदीय समितिको वैठक  आज एकैदिन वस्दैछ । आज वैठक वस्ने समितिहरुमा अर्थ समिति बिहान ११ बजे, कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति दिउँसो १२.३० बजे, विधायन व्यवस्थापन समिति दिउँसो १ बजे र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक दिउँसो १ बजे बस्न लागेका हुन् । माघ १८ गते […]