सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु भएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’का लागि पार्टीको केन्द्रीय कार्यालयमा आज शनिबार ११ः४५ बाट अभिमुखीकरण सुरु भएको हो । नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्ने भएको छ । कांग्रेसले कांग्रेसले […]

हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा विश्वभर गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । विशेष गरी मानवीय सहायताका सामग्री र कृषि उत्पादनमा यसको ठूलो प्रभाव पर्ने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक विशेष कार्यदल गठन गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकका […]

कार्की आयोगको प्रतिवेदन जलाउँदै एमाले कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा प्रदर्शन सुरु गरेका छन् ।  जेनजी  आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् । जेनजी  आन्दोलनको जाँचबुझ गर्न […]

त्रिचन्द्र क्याम्पस अगाडिको रेस्टुरेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि, घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको छ। प्रहरीका अनुसार आगलागी भवनको माथिल्लो तलामा सुरु भएको हो। आगो नियन्त्रणमा लिनका लागि दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ। यो घटना काठमाडौंको व्यस्त क्षेत्रमा भएको हुँदा […]

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ । तर, यही जलमार्गमा इरानले केही जहाजहरू फिर्ता पठाएको बताएको छ, विशेष गरी अमेरिक–इजरायललाई […]

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ । चारकोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको जोखिमयुक्त भवनमा बसेर पठनपाठन गर्नुपर्ने विद्यार्थी शिक्षकको समस्या हटेको हो । कक्षा कोठा भवन बनेपछि सुरक्षित वातावरणमा सहज रुपमा […]

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

लन्डन। रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन् । रिपोर्टअनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ । अहिले ती सुधारिएका ड्रोनहरू फेरि इरानतर्फ पठाइँदै छन् । ती ड्रोनहरूमा उन्नत मार्गनिर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने […]

ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरिएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ । लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ । यता ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा […]

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेन-जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका […]

नेताहरूको गिरफ्तारीप्रति राष्ट्रिय युवा संघको कडा आपत्ति: देशभर सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं ।  राष्ट्रिय युवा सङ्घ नेपालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष महाराज गुरुङले आज एक प्रेस वक्तव्य जारी गर्दै नवनिठित मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा नेताहरूमाथि गरेको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ र ‘पूर्वाग्रह’को पराकाष्ठा भएको बताएका […]