नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन आयो सञ्चालनमा
काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो आफ्टर–सेल्स सेवा प्रदान गर्ने उद्देश्यका उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त नयाँ सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको […]

