कामना सेवा विकास बैंकको नाफा बढ्यो, लाभांश क्षमता १४ प्रतिशत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५१ करोड ८७ लाखबाट […]

सानिमा बैंकको लाभांश सेयरधनीको खातामा जम्मा

काठमाडौं । सानिमा बैंक लिमिटेडको कात्तिक २ गते सम्पन्न भएको २१ औं साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको हो । लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूको बैंक खातामा ७.३६८५ प्रतिशत नगद लाभांश (कर समेत) पठाइएको बैंकले जानकारी दिएको छ । साथै बुक […]

शनिबार अपराह्नसम्म एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध

काठमाडौं । एनएमबी बैंकको कार्ड सेवा अवरुद्ध हुने भएको छ । बैंकले आफ्नो कार्ड स्विच पूर्वाधार अपडेट गर्न शुक्रबार राति ८ बजेदेखि शनिबार दिउँसो ४ बजेसम्म अस्थायी रुपमा कार्ड सेवा अवरुद्ध गर्न लागेको जानकारी दिएको छ । यसबाट बैंकको भिसा कार्ड, एटीएम, पीओएस र ईकमर्स सेवा अवरुद्ध हुनेछ । यस अवधिमा बैंकको कार्डमार्फत हुने ट्रान्ज्याक्सन […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट सुविधा

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट प्राप्त हुने भएको छ। यस सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको छ। योसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, साधारण शय्या शुल्कमा […]

सस्तोमा सेयर खरिद गर्ने अवसर, ९ कम्पनी बजार भाउ २०० भन्दा कम, कुन-कुन हुन् ?

काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा सेयर बजार १०० अंकभन्दा धेरैले बढको छ । बजारसँगै अधिकांस कम्पनीहरुको सेयर भाउमा पनि वृद्धि आएको छ । तर, अझै पनि केही कम्पनीहरुको सेयर सस्तोमा खरिद गर्न सकिन्छ । यसअघिको हाई विन्दुबाट हेर्दा हाल नेप्से सूचक निकै तल झरिसकेको छ । त्यसैले यो समय सेयर खरिद गर्नका लागि  अवसर हुने […]

मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ६ गते साधारण सभा बोलाएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, घरानमा साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभामा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र […]

हिमालयन बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ […]

गुराँस लघुवित्तको सेयर मूल्य समायोजन 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुँरास लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोन सेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा […]

हालसम्म ७ वटा बैंकले लाभांश घोषणा गरे, अब कुनको बाँकी छ ?

काठमाडौं । सूचीकृत ७ वटा बैंकहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको यस अवधिसम्म आइपुग्दासम्म ७ वटा बैंकहरुले लाभांश घोषणा गरिसकेका हुन् । जसमध्ये ३ वटाले उक्त प्रस्ताव साधारण सभाबाट पारित पनि गरिसकेका छन् । सानिमा, एभरेष्ट र माछापुच्छ्रे बैंकले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । यता, लाभांश घोषणा गर्ने […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्  । ग्राहकहरुले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म […]