स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख ३२ हजार ४२१.१० कित्ता सेयर सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १३.५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

उपकार र गणपति लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । उपकार लघुवित्त र गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये उपकारले १२ महिनामा ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनी घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी १३ करोड २९ लाखबाट बढेर १५ करोड ५३ लाख पुगेको छ । यता, प्रोभिजन […]

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोडबाट […]

नेपाल बैंकका कर्मचारी र ग्राहकले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर विशेष छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्राप्त गर्ने नभएका छन् । यस बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा र औषधि खरिदमा लाग्ने शुल्कहरूमा ७ प्रतिशत देखि […]

आशा लघुवित्तको नाफा २० करोड ९२ लाख, लाभांश वितरण क्षमता २२ प्रतिशत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २४९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ६ करोड ८ लाख […]

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा बृक्षारोपण

काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा  बृक्षारोपण कार्यक्रम गरेको छ।  बैङ्कले जनाए अनुसार पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रमको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे बृक्षारोपण सुरुवात गरेका थिए ।  उनले  एनएमबि […]

लघुवित्त समूहमा सबैभन्दा महँगो सेयर रहेको आत्मनिर्भर लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले १ करोड ४० लाख रुपैयाँ खुद नाफा […]

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । अब नारायणीले १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर बिक्री गर्नेछ ।

आरएसडीसी लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी करिब १० रुपैयाँ

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो । अघिल्लो वर्ष लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टेन्ट इएमआई सुविधा, नेपालकै पहिलो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)ले नेपालमै पहिलो पटक पिओएस मेसिन मार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा ल्याएको छ। ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआइएमबीले नेपालमै पहिलोपटक एनआइएमबी पिओएस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा सुरू गरेको छ। अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा एनआइएमबी पिओएस मार्फत भुक्तानी गर्दा सोही […]