फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकको नयाँ नियामकीय पहल ‘रेगुलेटरी स्यान्डबक्स’

काठमाडौं । डिजिटल वित्तीय क्षेत्रमा नवप्रवर्तनको परीक्षण र प्रवर्द्धन गर्न अनुकूल नियामकीय वातावरण निर्माण गर्न नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ सम्बन्धी मस्यौदा सार्वजनिक गरेको छ। सुरक्षित, उत्तरदायी र प्रविधिनिर्भर वित्तीय नवप्रवर्तनलाई संस्थागत परीक्षणको माध्यमबाट प्रोत्साहन गर्न केन्द्रीय बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ गाइडलाइन जारी गर्न लागेको हो । पछिल्लो समय नेपालमा प्रविधिको तीव्र विस्तार, इन्टरनेट पहुँचको वृद्धि, […]

स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।  

एनआईसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले कोरियन स्किन हस्पिटल लेट मेइनका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंकसँग सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म […]

महुली लघुवित्तको नाफामा भारी वृद्धि, प्रतिसेयर आम्दानी करिब ३१ रुपैयाँ

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो […]

२ वर्षमा ४ प्रतिशत विन्दुले घट्यो बैंकहरुको बेस रेट, कर्जा परिचालन पनि सुस्त

काठमाडौं । पछिल्लो २ वर्षमा वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) ४ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२३ को जुन महिनामा वाणिज्य बैंकको बेस रेट १०.११ प्रतिशत थियो । अहिले सन् २०२५ को जुलाईसम्म आइपुग्दा बेस रेट ६.११ प्रतिशत कायम भएको छ । तथ्यांक अनुसार बैंकहरुको बेस रेट घट्ने क्रम […]

गभर्नर पौडेलको चेतावनीः लचिलो मौद्रिक नीति भन्दै हौसिनुहुँदैन, योजनाबद्ध रूपमा कर्जा विस्तार गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकका अध्यक्षहरूलाई लचिलो मौद्रिक नीतिका कारण अनावश्यक रूपमा हौसिन नहुन र योजनाबद्ध रूपमा मात्रै कर्जा विस्तार गर्न चेतावनी दिएका छन्। बुधबार वाणिज्य बैंकका अध्यक्षहरूसँग छलफल गर्दै गभर्नर पौडेलले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको जानकारी दिँदै सोहीअनुसार योजना बनाउन आग्रह गरेका हुन्। […]

आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्तले सार्वजनिक गरे वित्तीय रिपोर्ट, कुनको नाफा कति ?  

काठमाडौं । आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार आरम्भले १२ महिनामा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ हजार ७८५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस […]

एन आई सी एसिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीको  नाममा रहेको एनआईसी एशिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर गोप्य शिलबन्दीको आधारमा बिक्रिमा  रहेको छ ।   बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न चाहने लगानिकर्ताले  एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली  एनआइसी यसिया बैङ्कका शाखा कार्यालयहरु विराटनगर-३, मोरङ्ग आदर्शनगर, वीरगंज महेन्द्रपुल, पोखरा श्रवणपथ, बुटवल […]

बाफिया जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित हुनेः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित हुने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिती विषयक कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् । उनले ऐनमा संशोधनको प्रस्ताव […]

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा जोडियो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सम्झौता भएको छ । सो सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका छन् । सम्वन्धमा सिद्दार्थ बैङ्क र कर्मचारी सञ्चय कोषको बिचमा सम्झौता […]