आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अधिकांश मुद्राको विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलरको खरिददर आज १३६ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैयाँ २३ पैसामा स्थिर छ । युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा र […]

एनएमबि बैंक र हिल्टन काठमाडौं बीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड ( डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिबबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मकोआकर्षक छुट पाउनेछन्। यो सहकार्यबाट बैंकका ग्राहकहरू […]

कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले […]

नेपाल बैंकका ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालको उपचार सेवामा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ह्याम्स अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघर स्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र अस्पतालबीच जेठ १४ गते सम्झौता भएको हो । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू […]

सिटिजन्स् बैंक र सारंग हेल्थ केयरबीच समझदारी

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र ललितपुर, स्थित सारंग हेल्थ केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सारंग हेल्थ केयर प्रालिमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

बेष्ट फाइनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । बेष्ट फाइनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ […]

सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट हट्न राष्ट्रिय रणनीति निर्माण गरिने

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट छिटो निष्कनका लागि र भविष्यमा यस्तो अवस्था आउन नदिन सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी राष्ट्रिय रणनीति र कार्ययोजना कार्यान्वय गरिने छ । साथै नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको सहजताका लागि ऐन कानुनहरु संशोधन गरिने छ ।

 राष्ट्र बैंकले भन्यो : आइतबार देखि अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अनिवार्य नगद मौज्दातको सीमा ९० प्रतिशत कायम राख्न निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । परिपत्रानुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आफ्नो कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्नेछ । यस्तै, जेठ १८ गते […]

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो । यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि […]