गभर्नर नियुक्ति केही दिनमै हुने, दलहरुबीच कुनै असमझदारी छैनः एमाले सचेतक बर्तौला
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया निष्कर्षमा पुग्न लागेको बताएका छन्। शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका विषयमा दलहरूबीच कुनै असमझदारी नरहेको दाबी गरे। बर्तौलाका अनुसार नियुक्ति प्रक्रिया नियमित ढंगबाट अघि बढिरहेको छ, तर विषय अदालतसम्म पुगेका कारण केही ढिलाइ भएको हो। […]

