बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान अन्दाजी सवा ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित सडक किनार रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय […]

