एभरेष्ट बैंकको साधारण सभा असोज २० गते, ८ गते ‘बुक क्लोज’

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारण सभा असोज २० गते हुने भएको छ । आर्थिक वर्ष २०८०८१ को साधारण सभा गर्ने प्रयोजनका लागि साधारण शेयरको शेयरधनी दर्ता किताब बन्द ‘बुक क्लोज’ भने असोज ८ गते गरिने भएको छ । साधारण सभाले नगद लाभांश र बोसन शेयर वितरणको बारेमा निर्णय गर्नेछ । बैंकले सभामा नगद लाभांश […]

बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

नेपाल बैंकको सञ्चालकमा थान नियुक्त

काठमाडौं ।  नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नियुक्त भएका छन् । उनले २०८१ साल भदौ २७ गतेका दिन नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । पंज्ञानीले यसअघि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहनु भएका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा नियुक्त भएका हुन । […]

१० ठूला बैंकको लेखा परीक्षण रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्य रद्द गरेको । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउने प्रक्रिया अघि बढाएको थियो । लेखा परीक्षणका लागि सूचीकृत भएको कम्पनीको आर्थिक प्रस्ताव अस्वीकृत भएसँगै प्रक्रिया रद्द भएको हो । गत चैतमा माग गरेको आशयपत्रअनुसार ५ कम्पनी […]

कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित […]

कर्जाको माग घटेसँगै बैंकहरुमा थुप्रियो लगानी योग्य पुँजी

काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायामान बनाउने बताए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा मागमा वृद्धि नभए सँगै बैंक तथा वित्तीय संस्थामा ७ खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य रकम रहेको छ । सरकार र निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन नसक्दा बैंक तथा वित्तीय संस्थामा रहेको […]

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरियो । सन् १९९२ मा […]

प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौं मध्यबानेश्वर स्थित भेनस हस्पिटलको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नम्बर १ का प्रमुख दिपेन्द्र […]

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारीमा उपकार्यकारी अधिकृत पवन रेग्मी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मी नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापन समितिकोे भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको […]

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि […]