कर्णाली विकास बैंक घोटाला: १११ जनालाई मुद्दा चलाउन सीआईबीको निष्कर्ष, सवा ३ अर्ब हिनामिना

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ ।यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय, उच्च अदालत नेपालगञ्जमा बुझाएको छ, जसका आधारमा बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । सीआईबीका प्रवक्ता […]

अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पारेकी छन् । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् । ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका […]

२८ दिनका लागि बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

इन्फिनिटी लघुवित्तको नाफा १०४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी डबल डिजिटमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १०४.७१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ४ करोड ५७ लाख नाफा […]

ब्याज आम्दानी सँगै ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँले नाघ्यो

काठमाडौं । ब्याज आम्दानी बढे सँगै ग्रीन डेभलपमेन्ट  बैंकको नाफा समेत बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गर्दै नाफा बढेको जानकारी दिएको हो । गत आवमा बैंकले ६ करोड ९४ लाख ८ हजार नाफा कमाएको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ८० प्रतिशतले बढी हो […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ […]

बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुवै बढ्यो, यसले के संकेत गर्छ ?

काठमाडौं । १ वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशत बढेको छ । २०८१ असार ३१ गते बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब रुपैयाँ भन्दाधेरैको निक्षेप संकलन गरेका थिए । २०८२ असार ३१ सम्म आइपुग्दा निक्षेप संकलन ६५ खर्ब ३० अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । निक्षेप संकलन ७ खर्ब ७६ अर्बले बढेको हो । […]

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले फोन पेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले फोन पे नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् । यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरुलाई आपतकालीन अवस्थामा […]

५० दरको नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ५० दरको ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको शुल्क नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरुमा यूएस डलर १४६, यूरो १२६ […]

व्यवसायीको आन्दोलनकाबीच साढे २२ अर्बले बढाए बैंक तथा वित्तीय संस्थाले सुनचाँदी कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ८० अर्ब २३ करोड रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०÷८२ को सोहि अवधिको तुलनामा २२ अर्ब ६३ करोड ४० लाख रुपैयाँले बढी हो […]