ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अवको आवश्यकताः मेयर बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्। ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन […]

विकासको गतिलाई तीव्रता दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् । उनले जनआकाङ्क्षाअनुरुप मुलुकको चौतर्फी विकास र आर्थिक समृद्धिका लागि तीव्र गतिको बोध नेतृत्वले गर्नुपर्ने बताएका हुन् । “मान्छेका आकाङ्क्षा धेरै हुन्छन् । चाहनाअनुरुप केही भइरहेको छ । तर हाम्रो गति चाहिँ तीव्र हुनुपर्छ […]

अर्थमन्त्री वर्षमान पुनले आफ्नो जिल्ला जोड्ने सडकमा ४ गुणाभन्दा बढी बजेट थपे

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आफ्नो जिल्ला जोड्ने सडकको बजेट बढाएका छन्। अर्थमन्त्री पुनले आफ्नो गृह जिल्ला रोल्पा जोड्ने सहिद राजमार्गका लागि चालु आवको तुलनामा आगामी आवका लागि करिब ४ गुणा थप गरेका हुन्। चालु आवको लागि सहिद राजमार्गका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आवका लागि […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्तः यात्रुलाई सास्ती

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । विसं २०७९ पुस […]

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

काठमाडौं । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र […]

एमसिसी अन्तर्गतको रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी […]

नेपालमा अवसरै अबसर भएकाले लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं ।  नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै  लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित “Understanding Nepalese Economy Investment Prospects and Banking Services” कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

भारतसँगको विधुत व्यापार सहज हुने, ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार रुर्पैयाँ बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा […]

वर्षायाममा सडक खन्न रोक

काठमाडौं । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म सडक बिभाग अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न रोक लगाएको छ । यदी कसैले जबर्जस्ती सडक खनेको […]