सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब माथि
काठमाडौं । पछिल्लो महिनाहरुमा सार्वजनिक ऋण बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण दायित्व २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको जनाएको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । जसमा आन्तरिक ऋण दायित्व १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १३ खर्ब ६० अर्ब ४६ […]

