वेयरहाउसिङ्गमा डिजिटल युगः उपायले १ अर्ब २० करोड लागतमा नेपालमा थ्रीपीएल सेवा ल्याउँदै
काठमाडौं । नेपालमा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी उपायले थर्ड पार्टी लजिस्टिक्स ( थ्रीपीएल) वेयरहाउस सञ्चालन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपायले नेपालमा थ्रीपीएल वेयरहाउस निर्माणको औपचारिक घोषणा गरेको हो। नयाँ वेयरहाउस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १३, नेपाल प्रहरी स्कुल नजिकै, करिब १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण गरिनेछ। नेपालमा लजिस्टिक्स क्षेत्रको प्रविधि […]

