योजना आयोगको क्षमता अभिवृद्धिका लागि उपाध्यक्ष श्रेष्ठले हानासँग सहयोगको आग्रह गरे

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी वर्षको वार्षिक बजेट, अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील […]

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको […]

त्रिभुज परियोजना देशकै महत्वपूर्णः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशद्वारा बुधबार पोखरामा आयोजित पार्टी प्रशिक्षणमा प्रधानमन्त्री दाहालले प्रदेशका विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए । […]

२.५ प्रतिशत अग्रिम आयकर लागेमा मैदा उद्योग बन्द हुने

काठमाडौं ।  सरकारले गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएमा मुलुकमा रहेको मैदा उद्योग बन्द हुनेछ । नेपाल मैदा उद्योग संघले मैदा उद्योगको मुख्य कच्चा पदार्थको रुपमा रहेको गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएका मुलुकमा रहेको मैदा उद्योग बन्द हुने बताएका हुन् । अतिरिक्त महसुलले मैदा आटाको मुल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै […]

क्यासिनो नवीकरण गर्न निर्देशन

काठमाडौं । पर्यटन विभागले क्यासिनो नवीकरण गर्न निर्देशन दिएको छ । विभागले मुलुकका विभिन्न स्थानमा सञ्चालनमा रहेका तथा सञ्चालन अनुपत्र लिएका क्यासिनोहरुलाई जेठ मसान्तसम्ममा क्यासिनो सञ्चालक इजाजतपत्र नविकरणको लागि आवेदन दिन आग्रह गरेको हो । यदि आवेदन नदिएमा इजाजपत्र स्वतः खारेज हुनेछ । हालसम्म क्यासिनो सञ्चालनका लागि २८ वटा इजाजतपत्र वितरण गरिएको छ । विभागका […]

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः महासंघका अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको वताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए । भूतपभावी कानुन, करका दरहरुमा हुृने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व […]

आलुको उत्पादन घट्ने आरजुको दाबी, अर्थमन्त्री दिइन् ९ सुझाव

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद आरजु राणाले कर घटाउँदा आलु उत्पादन घट्ने बताएकी छिन् । आगामी आर्थिक वर्षको बजेटले ल्याएका कतिपय विषयहरुले नागरिकहरुलाई लाभ दिन नसक्ने भन्दै ७ प्रतिशत आयात हुने आलुमा ख्याल नगरी कर घटाउदा आलु उत्पादन घट्ने बताइन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले आलुमा लगाएको […]

एमसीसी उपाध्यक्ष ब्रुक्सले भने- हालसम्म एमसीसी परियोजनाको काम सन्तोषजनक

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट […]

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक: उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए […]

उद्योगमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्छः सीएनआई अध्यक्ष राजेशकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका […]