सिनर्जी पावरले २ हाइड्रोपावर कम्पनीको सेयर खरिद गर्दै

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २ वटा जलविद्युत कम्पनीहरुको सेयर खरिद गर्ने भएको छ । कम्पनीले एपेक्स मकालु हाइड्रोपावर र गौरीशंकर पावरको सेयर खरिद गर्ने भएको हो । सिनर्जीले एपेक्स मकालुको ११ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा खरिद गर्ने भएको छ । त्यसैगरी, गौरीशंकर पावरको १४ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा […]

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर लिलाम बढाबढीमा बिक्रिमा

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद मार्फत नबिकेको  २,४८,८३२ कित्ता शेयर  लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीको शेयर खरिद गर्न चाहने खरिद कर्ताले २०८२ साउन २१ गते भित्र प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो  खुलाई ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौ ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु  विर्तामोड […]

झापा इनर्जीको आईपीओ साउन १४ गतेदेखि

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो । कुल निष्कासनमध्ये […]

नेपाल धितोपत्र बोर्डमा २ कम्पनीले दिए आइपीओ बिक्रीका लागि आवेदन

काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेड र ह्वाइट लोटस पावर लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । भिजनले १०० रुपैयाँ अंकित दरमा ८३ लाख कित्ता  र ह्वाइट लोटसले १२ लाख १९ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन् ।  बोर्डबाट अनुमति पाएपछि यी कम्पनीहरुले सेयर बिक्री खुला गर्नेछन् ।

भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज […]

कालिका पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावर कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको साउन १३ गतेदेखि ७ लाख ४ हजार कित्ता सेयर लिलामी खुल्ने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख ४० हजार १०१ कित्ता सेयर […]

किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का

खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरी सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गरे । […]

ऊर्जा मन्त्रालयको प्रगति विवरण : भारत र बंलादेशमा १७ अर्बको विद्युत् निर्यात

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षमा भारत र बंलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ । त्यस्तै नेपालले एक आर्थिक वर्षमा करिब १६‍.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो […]

नेपाल–कोरिया सरकारबिच ८० लाख डलरको अनुदान सम्झौता

काठमाडौं । नेपाल र दक्षिण कोरिया सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजनाका लागि ८० लाख अमेरिकी डलर (झन्डै १ अर्ब ९ करोड रुपैयाँ) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । परियोजनाको कार्यान्वयन अवधि सन् २०२९ डिसेम्बरसम्म तोकिएको छ। कोरिया सरकारको तर्फबाट परियोजना कार्यान्वयन गर्ने निकाय कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था हुनेछ भने नेपाल सरकारको तर्फबाट […]