‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया तीव्र बनेको छ । सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको यस आयोजनाले हाल नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा रहने प्रस्तावित बाँधस्थलसम्म जोड्ने पहुँचमार्ग खन्ने काम सुरु गरेको छ । कुल पाँच किलोमिटर ५०० मिटर लामो […]

