CLI

मिड सोलु हाइड्रोको साढे ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिने भएको छ । कम्पनीको ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिंने भएको हो ।

कम्पनीको संस्थापक सेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १७ हजार २१३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त सेयरहरू लकइनमा रहेका छन्। लकइन अवधि सकिएसँगै सो सेयर कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News