‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो […]

