मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

काठमाडौं । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३०  मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताए  । […]

प्राधिकरणले दक्ष नेतृत्व पायो, अब लोडसेडिङ हुँदैनः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् । उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि […]

सान्भि इनर्जीको आईपीओ आउँदै

काठमाडौं । सान्भि इनर्जी कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । उक्त शेयरमा विदेशमा रहेका नेपालीले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार […]

आज उपत्यका यी स्थानमा ५ घण्टा बिजुली नहुने

काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज चैत २४ गते बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म अवरुद्ध हुनेछ । मातातीर्थ सबस्टेसनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्न पुराना पोलबाट नयाँ पोलमा लाइन तान्न तथा कन्डक्टर तार फेर्ने कार्यका लागि बिजुली काट्न लागिएको […]

कुलमान घिसिङद्वारा पत्रकार सम्मेलनको तयारी, बर्खास्ती प्रकरणबारे मुख खोल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उक्त सम्मेलनमा उनले प्राधिकरणमा कार्यरत रहँदा गरेका महत्वपूर्ण कार्यहरूबारे जानकारी गराउनुका साथै आफ्नो बर्खास्तीसम्बन्धी विषयमा धारणा सार्वजनिक गर्नेछन्। चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनले चैत १३ गते सर्वोच्च अदालतमा पुनर्बहालीको माग […]

विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

भजनी । कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ । नगरपालिका–५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो । विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ […]

कुलमानलाई वर्खास्त गर्नुमा पदीय जिम्मेवारी पुरा नगरेको सहित सार्वजनिक गर्यो १० कारण

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका कारणसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको पत्र कुलमानलाई मंगलबार मात्रै पठाएको हो । ऊर्जा सचिव सुरेश आचार्यको हस्ताक्षरसहित मन्त्रालयले कुलमानलाई पठाएको तीन पृष्ठ लामो पत्रमा बर्खास्त गर्नुपर्ने कारणहरूलाई १० वटा बुँदामा उल्लेख गरेको छ । मन्त्रालयले […]

नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्धारा शपथग्रहण, प्राधिकरणलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिएका छन् । उनलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथग्रहण गराएका हुन् । शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१)बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी […]

राजस्व परामर्श समितिलाई इप्पानका २४ सुझावः कर छुटको अवधी न्यूनतम १५ वर्ष र करको दर १० प्रतिशत कायम गर्नुपर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८२/८३को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव पेश गरेको छ । इप्पानले दिएका सुझावहरुमा कर छुटको अवधी न्यूनतम १५ वर्ष र करको दर १० प्रतिशत कायम गर्नुपर्ने र ऊर्जा व्यवसायीहरुको लागि सस्तो व्याज दरमा कर्जा प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखिएको […]

भारतद्वारा ३५० मेगावाट बिजुली रोकिँदा नेपालमा लोडसेडिङ खतरा मडारिदै

काठमाडौं । नेपालले भारतबाट प्रोजेक्ट स्टेयरिङ कमिटी (पीएससी) मार्फत आयात गर्दै आएको ३५० मेगावाट बिजुली पछिल्लो चार दिनदेखि रोकिएको छ। भारतको यो निर्णयका कारण नेपालमा औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या थप चर्किएको छ। नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार भारतबाट पीएससीमार्फत आपूर्ति भइरहेको बिजुली हाल रोकिएको छ। नेपाललाई पीएससीमार्फत साढे चार सय मेगावाट […]