माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारणसभाले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद […]

युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ ।

दोर्दी खोला जलविद्युतले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले ५६.६२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पेश गर्न पुस २१ गते साधारण सभा बोलाएको छ ।

चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो । पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे […]

हिम स्टार उर्जाले म्युचुअल फन्डहरुलाई छुट्याएको सेयरको ‘लक इन’ माघ १ गते सकिंदै

काठमाडौं । हिम स्टार उर्जा कम्पनीको म्युचुअल फन्डहरुलाई बाँडफाँड गरेको सेयरको लक इन अवधि माघ १० गत समाप्त हुने भएको छ ।यस कम्पनीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको ४६ हजार ६२५ कित्ता सेयरको लक इन अवधि आगामी माघमा समाप्त हुन लागेको हो । लक इन समाप्त भएपछि म्युचुअल फन्डहरुले होल्ड  गरेको सेयर बिक्री गर्न सक्नेछन् ।

नेपाल हाइड्रो डेभलोपरको साधारण सभा मिति तय, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहाना ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा ९ प्रतिशत बोनस र कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते बुकक्लोज गर्ने निर्णय […]

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ […]

मिड सोलु हाइड्रोपावरको साधारण सभा पुस २१ गते, लाभांश प्रस्ताव पेश हुँदै

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले पुस २१ गते साधारण सभा बोलाएको छ । सभा मानसरोबर पार्टी प्यालेस, बाबुराम आचार्य सडक, पुरानो बानेश्वर, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, २०८१/८२ को सञ्चालक समितिको […]

कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।  

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई मंसिर २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा […]