तेह्रथुम पावर कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  तेह्रथुम पावर कम्पनी (TPC) को शेयरमूल्य समायोजन गरेको छ  । कम्पनीको  हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३४७ रुपैयाँ ६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो […]

दोल्ती पावरले ५९ प्रतिशतले घटायो घाटा

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको घाटा ५९ प्रतिशतले घटेको छ । कम्पनी चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ५८.६५ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड २३ लाख रूपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको विद्युत […]

जोशी हाईड्रोपावर पाैने २ करोड घाटामा

काठमाडौं । जोशी हाईड्रोपावर  पाैने २ करोड घाटामा पुगेकाे छ । सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ७८ लाख घाटामा पुगेकाे छ । गत आवकाे यसै अवधिमा भने कम्पनीले ७५ लाख २८ हजार घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी भने केही बढेको छ । अघिल्लो त्रैमाससमा कम्पनीले […]

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पुरा

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख […]

कुलमानको बर्खास्तीपछि अघोषित लोडसेडिङले व्यापाक असन्तुष्ट छ : सांसद किराती

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले अघोषित लोडसेडिङ हुन थालेको गुनासो जनस्तरबाटै आउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि बिजुली जान थालेको व्यापक जनगुनासो आएको बताए । ‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा […]

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखाको, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत ७ […]

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रुपैयाँ रहने […]

घलेम्दी हाइड्रो साढे २ करोड घाटामा

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ४६ लाख ४२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले नोक्सानी सुधार भने गरेको हो । २०८० चैतमा कम्पनी ७ करोड ३० लाख रुपैयाँ घाटामा थियो । शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुुसार कम्पनीको मुनाफा खुद नाफा […]

विकास हाइड्रोपावरको आईपीओ जेठ ६ देखि खुल्दै

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते प्राथामिक शेयर निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९ हजार १ सय १ कित्ता शेयर निष्काशन गर्ने छ। जस […]

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी […]