रिभर फल्स पावरको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिभर फल्स पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६३८.४५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३६९.२३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत […]

इप्पानको पावर समिट, २०२५’ को लोगो सार्वजनिक

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो । “मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन” भन्ने मुल […]

ठूलोखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरू

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ । संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट […]

सिंगटी हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी ६८ करोड ७१ लाख, कति कमायो नाफा ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा यो कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ३० लाखबाट बढेर ६८ करोड ७१ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा […]

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए १ खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तर्राष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आमनागरिक र प्रवर्द्धकलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर(आइजिन) कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले विभिन्न चार निकायको […]

शिव श्री हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शीब श्री हाइड्रोपावर कम्पनीको शेयर मूलय समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर जारी गरे पश्चात नेपसेले शेयर मूल्य समायोजनग गरेको हो । कमपनीको हकप्रद निकाल्न शुर गरेको दिनको अघिल्लो दिनको शेयर मूल्य प्रति शेयर २ सय ८५ रुपैँया ६५ पैसा रहेकोमा समायोजन पश्चात प्रति शेय मूल्य १ सय […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २८५.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य १९२.८३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।

रिभर फल्स पावरले हकप्रद सेयरका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसआधारमा साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।  हाल यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरः आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

काठमाडौं । शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । अर्थात, आजसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको हकपद्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ साउन १६ गते बुकक्लोज गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस […]